टेलिकमले यसै वर्ष सर्वसाधारणलाई २५ प्रतिशत शेयर दिने

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल टेलिकमले कम्तीमा २५ प्रतिशत शेयर सर्वसाधारणलाई दिनुपर्ने बताएका छन् । नेपाल टेलिकमको २१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । अहिले सर्वसाधारण शेयरको हिस्सा कम हुँदा जनतामा अपनत्व कम महसुस भएको भन्दै उनले शेयर बढाउनुपर्ने बताए । उनले यसका लागि यही आर्थिक…