सूचना / प्रविधि

पीएसओ फिर्ता होइन, नियमित ब्रिफिङका लागि बोलाइएको हो’



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन सांसदको पर्सनल सेक्युरेटी अफिसर (पीएसओ) फिर्ता नगरिएको दाबी प्रहरीले गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार नियमिति हुने ब्रिफिङका लागि पीएसओलाई हेडक्वाटर बोलाइएको हो ।

प्रहरी उच्च स्रोतले ‘पीएसओ फिर्ता होइन, उहाँहरूले भोलि प्रदर्शन गर्ने भन्नु भएको छ । सुरक्षा अवस्था के–कस्तो छ बुझ्नुपर्ने हुन्छ । सुरक्षा संवेदनशीलतालाई ध्यान राख्दै ब्रिफिङका लागि बोलाएका हौं ।’

यता राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भने आफूलगायत सांसद ध्रुबबहादुर प्रधान र दीपक सिंहको पीएसओ सरकारले खोसेको दाबी गरेका थिए

प्रकाशित : १४ जेष्ठ २०८२, बुधबार, ,