शिक्षा

शिक्षक आन्दोलनको २९ औं दिनमा जुट्यो सरकार-शिक्षक सहमति



काठमाडौँ । लामो प्रयासपछि सरकार र आन्दोलनरत शिक्षकहरुबीछ सहमति जुटेको छ । आन्दोलन सुरु भएको २९ औं दिनमा बुधबार शिक्षा मन्त्रालयना दुई पक्षबीच सहमति जुटेको हो। तर मन्त्रिपरिरषद्को बैठकपछि मात्रै पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरिने बताइएको छ ।

वार्तामा शिक्षक प्रतिनिधिसंगै गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री रघुजी पन्त सहभागी थिए।बार्तामा भएको सहमतिलाई आजै बस्ने मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्ने बताईएको छ ।

शिक्षा समिति सभापति अम्मरबहादुर थापाले यो अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी हुने बताए। सहमति जुटेको र मन्त्रिपरिषद् बैठकबाट निर्णय भएपछि सार्वजनिक गरिने थापाले बताए।

प्रकाशित : १७ बैशाख २०८२, बुधबार, ,