शिक्षा

पोखरा महानगरको पत्राचार वैशाख १७ गतेसम्ममा नियमित पठनपाठन सुरु गर्नु



पोखरा । पोखरा महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८२ को पठन–पाठन वैशाख १७ गतेसम्ममा सुरु गर्न विद्यालयलाई पत्राचार गरेको छ ।

पोखरा महानगरपालिका, नगर शिक्षा समितिको आइतबार बसेको बैठकले वैशाख १७ गतेसम्ममा पठन–पाठन नियमित रूपमा सञ्चालन गर्न पत्राचार गर्ने निर्णय गरेको हो ।

विगत केही समयदेखि नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण सामुदायिक विद्यालयहरूको पठन–पाठन प्रभावित भएको छ ।

प्रकाशित : १५ बैशाख २०८२, सोमबार, ,