काठमाडौं,७ बैशाख। नेपाल शिक्षक महासंघले आजदेखि काठमाडौं केन्दित शैक्षिक सडक आन्दोलनको समय परिवर्तन गरेको छ ।

यस अघि १२ देखि ३ बजेसम्म आन्दोलन हुँदै आएकोमा आजदेखि बिहान ९ बजेदेखि १२ बजेसम्म गर्न लागिएको महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुबेदीले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्।
१९ औं दिनसम्म आईपुग्दा आन्दोलन दिनानुदिन बलियो हुँदै गएको दावी गर्दै उनले शान्ति,संयम,मर्यादा र अनुशासन कायम गरी आन्दोलनको मोर्चामा याथावत् डटिरहन पनि उनले आन्दोलनकारीहरुलाई आग्रह गरेका छन्।
प्रतिक्रिया