लमजुङ । मर्स्याङ्दी गाउँपालिकास्थित ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको मर्मत थालिएको छ । आयोजनाको मर्मत थालिएपछि विद्युत् उत्पादन बन्द भएको छ ।

विद्युत गृहमा टर्बाइन र बाँधस्थलको मर्मत सुरु गरिएको आयोजनाले जनाएको छ । आयोजनाले विद्युत् उत्पादन थालेको आठ वर्ष भएको छ । २५-२५ मेगावाटका २ वटा फ्रान्सिस टर्बाइन रहेको उक्त आयोजनामा टर्बाइनको मर्मतसम्भार चाइनाबाट आएको प्राविधिक टिमले गरिरहेको छ ।
शनिबारदेखि सुरु गरिएको मर्मतकार्य एक हप्तामा सक्ने लक्ष्य रहेको आयोजनाका जनसम्पर्क प्रमुख कर्ण अधिकारीले जानकारी दिनुभयो । विद्युत् प्राधिकरणसँग एक हप्ताको समय लिएर मर्मत थालिएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया