अर्थ

इप्पानका प्रतिनिधिलाई देउवाले भने- ऊर्जा उद्यमीलाई दुख दिने काम बन्द हुनुपर्छ



काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का पदाधिकारीहरूलाई भेट्दै ऊर्जा उद्यमीहरूलाई दुख दिने काम बन्द हुनुपर्ने बताएका छन् ।

आइतबार देउवा निवास बुढानीलकण्ठमा भएको भेटमा उनले वनका कारण जलविद्युत मात्रै नभएर अरु पनि विकास निर्माणको कार्यमा अवरोध आइरहेको पनि बताए ।

भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले १५ खर्ब रुपैयाँ लगानी भइसकेको र ६५ लाख सर्वसाधारण लगानीकर्ताले लगानी गरिसकेको क्षेत्रलाई सबैतिरबाट प्रहार भइरहेको भन्दै ऊर्जा उद्यमीहरूका समस्या समाधानका लागि देउवाको ध्यानाकर्षण गराए ।

प्रकाशित : ४ फाल्गुन २०८१, आइतबार, ,