अर्थ

नेप्सेमा झिनो अंकले गिरावट, गुमाउने भन्दा कमाउने समुह धेरै



काठमाडौं । नेप्से झिनो अंकले घटेको छ । अघिल्लो दिन चार दशमलव २८ अंकले घटेको नेप्से आज मंगलबार पनि शुन्य दशमलव ५३ अंकले घटेर २६ सय ४४ दशमलव ७० अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २६ अंकले घटेर चार सय ५३ दशमलव ९९ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय २४ वटा कम्पनीहरुको ५६ हजार नौं पटकको कारोबारमा एक करोड आठ लाख १० हजार एक सय छ कित्ता शेयर किनबेच भएका छन् भने कुल कारोबार रकम चार अर्ब ४८ करोड १३ लाख ९४ हजार एक सय ४९ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा गुमाउने भन्दा कमाउने समुह धेरै देखिएका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दशमलव शुन्य तीन अंकले घटेर १३ सय ६३ दशमलव ९७ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ७६ दशमलव ६९ अंकले घटेर १३ हजार तीन सय २२ दशमलव शुन्य एक अंकमा पुगेको छ । होटल तथा पर्यटन, लगानी र लघुवित्त समुहको सुचक पनि घटेका छन् । बिकास बैंक समुहको सुचक भने नौं दशमलव ७२ अंकले बढेर ५४ सय ५० दशमलव शुन्य दुई अंकमा पुगेको छ भने जलविधुत समुहको सुचक पनि २३ दशमलव ८९ अंकले बढेर ३४ सय २२ दशमलव ३९ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि २९ दशमलव ४१ अंकले बढेर ११ हजार ५५ दशमलव ४२ अंकमा पुगेको छ भने फाईनान्स, उत्पादनमुलक, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन्।

नेप्सेमा आज सागर डिष्ट्रिलरी लिमिटेडले सबैभन्दा बढी कमाउँदा ग्रिन भेञ्चर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । युनियन हाईड्रोपावर लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।

प्रकाशित : १६ मंसिर २०८२, मंगलबार, ,