काठमाडौँ, १ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले थारु भाषा, संस्कृतिको संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्ने बताउनुभएको छ । थारु कल्याणकारी सभा केन्द्रीय समितिले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा आज काठमाडौँमा आयोजना गरेको "थारु भाषा संस्कृति सम्बन्धी अन्तरक्रिया कार्यक्रम"लाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । संस्कार संस्कृतिको…