शेयर बजार ८० अङ्कले बढ्यो, २० अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

काठमाडौं , शेयर बजार लगातार छैटौं कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ८० दशमलव ९७ अङ्कले बढेर २ हजार ९ सय ७३ दशमलव ७० विन्दुमा पुगेको छ । योसँगै नेप्से ११ महिनायताकै उच्च विन्दुमा पुगेको छ । यसअघि गएको भदौ ६ गते नेप्से २ हजार ९ सय ७४ विन्दुमा पुगेको थियो…