breaking news

एनपीएल : जनकपुर बोल्ट्सको पहिलो जित



काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ । चितवन राइनोजलाई ६ विकेटले हराउँदै पहिलो जित निकालेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७६ रनको प्रतिस्पर्धी योगफल बनाएको थियो। चितवनका ओपनर डविड र अर्जुनले पहिलो विकेटका लागि १३।४ ओभरमा १ सय १२ रनको साझेदारी गरे ।

डविडले ५४ बल खेल्दै ८० रन बनाए । उनले ४ चौका, ५ छक्का हाने । अर्जुनले ३९ बलमा ५२ रन बनाए भने ४ चौका र ३ छक्का हाने । कप्तान कुशल मल्लले ३० बनाउँदै नटआउट खेले । अरु ब्याट्स मेनले उल्लेखिय खेल प्रस्तुत गरेनन् । जनकपुरका अनिल साह, माज सदाकत, लफ्टी इटोन र रुपेश सिंहले समान १–१ विकेट लिए।

१७७ रनको लक्ष्य पछ्याएको जनकपुरले १७ ओभर ३ बलमा मात्र चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

जनकपुरका लागि अनिल शाहले ६१ रनको अर्धशतकीय पारी खेले । ३६ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे ।

जनकपुरका माज शदागदले ६३ रनको अर्धशतकीय पारी खेले । ३० बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै आसिफ शेखले १८ रन बनाए ।

प्रकाशित : १६ मंसिर २०८२, मंगलबार, ,