कला / मनोरञ्जन

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न



ललितपुर । ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथ जात्राअन्तर्गत शनिबार रथारोहण सम्पन्न गरिएको छ ।

वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको जात्रा हरेक वर्ष तिथिअनुसार मनाइने परम्परा छ । सोही परम्पराअनुसार यस वर्ष पनि शनिबार रथारोहण गरिएको हो ।

गुठी संस्थानका अनुसार रथ निर्माण सम्पन्न भएपछि मच्छिन्द्रबहालबाट रातो मच्छिन्द्रनाथको मूर्ति पुलचोक पुर्‍याई पूजाअर्चना गरी विधिपूर्वक रथमा विराजमान गराइएको हो ।

रथ निर्माणसँग सम्बन्धित बाराही नाइके प्रेम महर्जनका अनुसार पूजाहारी जलपानेजु र खलपानेजुमार्फत धार्मिक विधिअनुसार पूजा सम्पन्न गरी रथारोहण गरिएको हो ।

तिथिअनुसार आगामी वैशाख ८ गते बेलुकी पुलचोकबाट रथ तानेर गाबहालतर्फ लगिने कार्यक्रम रहेको छ ।

प्रकाशित : ६ बैशाख २०८३, आइतबार, ,