समाचार

रक्तकालीले गर्यो अग्रजको सम्मान



पाण्डब अधिकारी सिन्धुपाल्चोक,मेलम्ची नगरपालिका वडा नं. ९ ज्यामिरे खड्काथोक स्थित श्री रक्तकाली आधारभूत विद्यालयले विद्यालय व्यस्थापन समिति अध्यक्षको भूमिकामा रही काम गर्नुहुने अग्रज पूर्व अध्यक्षहरुलाई सम्मान गरेको छ । विद्यालय स्थापनकालदेखि डेढ दशक काम गर्नुहुने संस्थापक अध्यक्ष दीपबहादुर खड्का (वि.सं. २०४६ वैशाख २० गतेदेखि २०५९ पौष ११ गतेसम्म, दुइ कार्यकाल ), देवीबहादुर खड्का (वि. सं.२०५९ पौष १२ गतेदेखि २०६३ जेठ ११ गतेसम्म ) सम्मानित हुनुभयो । स्व. कृष्णबहादुर (केसर) बस्नेतलाई मरणोपरान्त सम्मान गरिएको छ । उहाँ वि. सं. २०६३ जेठ १२ गतेदेखि २०७३ पौष ७ गतेसम्म दुइ कार्यकाल अध्यक्ष हुनुहुन्थ्यो । त्यसैगरी सम्मानित हुनुहुने पूर्व अध्यक्षमा धर्मराज खड्का हुनुहुन्छ । उहाँ वि.सं.२०७३ पौष ८ गतेदेखि २०७६ जेठ २० गतेसम्म अध्यक्ष हुनुभयो । सम्मान गर्ने क्रममा उमेर हदका कारण सेवा निवृत्त हुनुहुने विद्यालय सहयोगी टेकबहादुर खड्कालाई पनि सम्मान गरिएको छ । सम्मानित हुनुहुनेहरुलाई दोसल्ला , सम्मान पत्र र अबिर क्रमश: पूर्व वडा अध्यक्ष कमलबहादुर खड्का, विव्यस अध्यक्ष धर्मराज खड्का र प्रधानाध्यापक रामचन्द्र गिरीले सम्मान गर्नुभएको थियो । उहाँहरुलाई बुधबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकका बिचमा विद्यालयले सम्मान गरेको हो ।

प्रकाशित : १२ चैत्र २०८२, बिहिबार, ,