breaking news

ज्येष्ठ सदस्य केसीद्वारा शपथसँगै पदभार ग्रहण, भोलि सांसदलाई शपथ गराउने



काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले संसद् सचिवालय पुगेर पदभार ग्रहण गरेका छन् ।

आजै शीतल निवास मा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । शपथपछि केसी सिंहदरबारस्थित संसद् सचिवालय पुगेर औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन् ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस का केसी समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भएका हुन् । ७८ वर्षीय केसी ज्येष्ठ सदस्यका रूपमा चयन भएका छन् ।

उनले भोलि चैत १२ गते प्रतिनिधिसभाका २७४ जना सांसदलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ ।

सभामुख निर्वाचित नभएसम्म प्रतिनिधिसभा बैठकको अध्यक्षता समेत केसीले नै गर्नेछन् ।

प्रकाशित : ११ चैत्र २०८२, बुधबार, ,