अन्तरराष्ट्रिय

ट्रम्प निवासमा हतियारसहित छिरेका व्यक्तिको गोली प्रहारबाट मृत्यु



काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निवास परिसरको सुरक्षा घेराभित्र प्रवेश गर्न खोज्ने एक व्यक्ति सुरक्षा अधिकारीको गोली प्रहारबाट मृत्यु भएको छ ।

घटना हुँदा राष्ट्रपति ट्रम्प भने वाशिंगटन डीसीमा रहेको जनाइएको छ ।

सुरक्षा घेरामा जबरजस्ती प्रवेश गर्न खोजेपछि त्यहाँ खटिएका एजेन्टहरू र पाम बीच काउन्टी शेरिफ कार्यालयका अधिकारीहरूले ती व्यक्तिलाई रोकेका थिए । सुरक्षा स्रोतका अनुसार, संदिग्ध व्यक्तिसँग पेट्रोलको क्यान र बन्दुक बरामद गरिएको थियो ।

अधिकारीहरूका अनुसार, सुरुमा उनलाई हतियार छोड्न निर्देशन दिइएको थियो । उनले पेट्रोलको क्यान भुइँमा राखे पनि बन्दुक भने फायरिङ अवस्थामा उठाएपछि सुरक्षा टोलीले ‘तात्कालिक खतरा न्यूनीकरण’ गर्न गोली चलाएको जनाएको छ ।

यस घटनापछि राष्ट्रपतिको सुरक्षा घेरा थप कडा पारिएको छ । सन् २०२४ मा पेन्सिलभेनियाको बटलरमा भएको हत्या प्रयासपछि राष्ट्रपतिको सुरक्षा व्यवस्थामा पहिले नै थप सतर्कता अपनाइएको थियो ।

 

प्रकाशित : ११ फाल्गुन २०८२, सोमबार, ,