विचार

सुनको भाउ तोलामा २ हजार रुपैयाँले घट्यो



काठमाण्डौ – हिजो ४ सय रुपैयाँले घटेको सुनको भाउ आज तोलामा २ हजार रुपैयाँले घटेको छ ।

सुन तोलामा २ हजार रुपैयाँले घटेर तोलाको २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ६७ हजार ७ सय रुपैयाँ थियो ।

त्यस्तै हिजो अहिलेसम्मकै उच्च भएको चाँदीको भाउ आज तोलामा १ सय रुपैयाँले घटेको छ । चाँदी १ सय रुपैयाँले घटेर तोलाको ४ हजार ८ सय ३५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ९ सय ३५ रुपैयाँ थियो ।

प्रकाशित : २४ पुस २०८२, बिहिबार, ,