अर्थ

२९ अंकले बढ्दा छ अर्ब ४७ करोडको कारोबार: नेप्सेमा हरियाली,



काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन १० दशमलव २९ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार २८ दशमलव ७३ अंकले बढेर २६ सय ३९ दशमलव ७३ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७१ अंकले बढेर चार सय ५४ दशमलव ७९ अंकमा चढेको छ । नेप्सेमा आज तीन सय ३५ वटा कम्पनीहरुको ८४ हजार नौं सय ९० पटकको कारोबारमा एक करोड २४ लाख ५९ हजार नौं सय ५१ कित्ता शेयर किनबेच भएका छन भने कुल कारोबार रकम छ अर्ब ४७ करोड ३७ लाख ३६ हजार ९९ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक नौं दशमलव २१ अंकले बढेर १३ सय ६९ दशमलव १५ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ४७ दशमलव ८१ अंकले बढेर ३३ सय ६० दशमलव ३८ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ६३ दशमलव ८२ अंकले बढेर १२ हजार आठ सय ७६ दशमलव ९४ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ६३ दशमलव शुन्य तीन अंकले बढेर १० हजार नौंं सय ४२ दशमलव २५ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले बढेका छन्।

नेप्सेमा आज सागर डिष्ट्रिलरी लिमिटेडले सबैभन्दा बढी कमाउँँदा स्टान्र्डड चार्टड बैंकको ऋणपत्रले सबैभन्दा बढी गुमाएको छ । शिवम सिमेन्टको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।

प्रकाशित : २१ पुस २०८२, सोमबार, ,