देश / प्रदेश

आज देशभरको मौसम सफा रहने : मौसम पूर्वानुमान महाशाखा



काठमाण्डौ – आज देशभरको मौसम सफा छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।

आज दिउँसो कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने अनुमान छ ।

महाशाखाका अनुसार कोशी प्रदेशको हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । काठमाण्डौ उपत्यकामा आज बिहान पौने ६ बजे न्यूनतम तापक्रम ९ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।

आज काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहने अनुमान छ । देशभर चिसो बढेको छ ।

प्रकाशित : ३ मंसिर २०८२, बुधबार, ,