breaking news

भाइटीकाको शुभ साइत बिहान ११:३९बजे



काठमाडौँ । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली) का लागि विभिन्न देशहरूमा भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ ।

समितिका सभापति प्रा डा माधव भट्टराई र सदस्यसचिव आचार्य लक्ष्मण पन्थीद्वारा जारी विज्ञप्तिअनुसार काठमाडौँमा भाइटीकाको शुभ साइत कात्तिक ६ गते बिहान ११ः३९ बजे रहेको जनाइएको छ ।

भारत, अमेरिका, युरोप, अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया, युएई, कतारलगायत देशमा स्थानीय समयअनुसार ११ः०० देखि १२ः०० बजेसम्म टीका लगाउने शुभ समय निर्धारण गरिएको सभापति भट्टराईले जानकारी दिए।

समितिले उक्त साइतलाई सबैभन्दा उपयुक्त समय मानेर सो समयमा टीका लगाउन सिफारिस गर्दै आफ्नो स्थानअनुसार अनुकूल समयमा पनि टीका लगाउन सकिने सदस्यसचिव पन्थीले बताए ।

प्रकाशित : ३१ आश्विन २०८२, शुक्रबार, ,