मेलम्ची नगरपालिका

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा मेलम्ची नगरपालिकाका कर्मचारीले १ दिनको तलब सहयोग गर्ने



देवराज सुवेदी सिन्धुपाल्चोक , सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा मेलम्ची नगरपालिकाको सम्पुर्ण कर्मचारीले १ दिनको तलब सहयोग गर्ने भएका छन् ।
जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोडमा क्षति भएको भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत लगायतका कार्यका लागि नेपाल सरकारले स्थापना गरेको कोषमा सम्पुर्ण कर्मचारीको १ दिनको तलब सहयोग गर्ने निर्णय भएको नगरपालिकाका लेखा अधिकृत मुरारी पुडासैनीले जानकारी दिनुभयो ।
यस अघि पनि मेलम्ची नगरपालिका तथा यहाँका कर्मचारीले बिभिन्न बिपदहरुमा सहयोग गर्दै आएको नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।

प्रकाशित : २५ आश्विन २०८२, शनिबार, ,