म्याग्दी – म्याग्दीमा रहेको विश्वको सातौँ अर्थात आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरी हिमालमा चालू शरदयामको आरोहण शुरू भएको छ । सेभेन समिट ट्रेक्समार्फत आरोहणका लागि गएका तीन जना नेपाली शेर्पाको सहयोगमा स्पेन, चीन र फ्रान्सका एक/एक जनाले हिजो धौलागिरीको सफल आरोहण गरेका सञ्चालक मिङमा शेर्पाले जानकारी दिनुभयो ।
धौलागिरीमा शेर्पाहरुको टोलीले अस्ति शनिवार शिखरसम्म बाटो बनाएको थियो । पर्यटन विभागका अनुसार शरदयाममा धौलागिरी आरोहणका लागि तीन वटा समूहका सात महिला र १७ पुरुष गरी २४ जनाले अनुमति लिएका छन् । अघिल्लो वर्षको शरदयाममा १४ जनाले आरोहणको अनुमति लिएकामा रूसका पाँच जनाको हिउँपहिरोमा पुरिएर ज्यान गएको थियो । छिन–छिनमा परिवर्तन हुने मौसमका कारण धौलागिरि आरोहणलाई चुनौतीपूर्ण मानिन्छ ।
























प्रतिक्रिया