काठमाडौं । निर्वाचन आयोगले मनाङको प्रदेशसभा क्षेत्र नम्बर २ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ।
२०७९ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा सो क्षेत्रबाट स्वतन्त्र उम्मेदवार राजिव गुरुङ (दीपक मनाङे) विजयी भएका थिए। तर, चक्रे मिलनमाथि ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतले उनलाई जेल सजाय सुनाएपछि सांसदको पदमा बस्न अयोग्य ठहर गरेको थियो।
सोही कारण रिक्त बनेको मनाङ प्रदेशसभा क्षेत्र २ मा उपनिर्वाचन गर्न आयोगले मिति तोकेको हो।
यस्तै, आयोगले रूपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा पनि सोही दिन अर्थात् कात्तिक १७ गते उपनिर्वाचन गर्ने घोषणा गरेको छ। यहाँबाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का सांसद दीपक बोहराको निधन भएपछि सो क्षेत्र रिक्त बनेको हो।























प्रतिक्रिया