मेलम्ची नगरपालिका

प्रदेश सरकार बिरुद्ध गलत भाष्य निर्माण गर्न व्यवस्था बिरोधी संचारकर्मी र सामाजिक संजाल प्रयोगकर्ता उद्धत छन् : मुख्यमन्त्री बानिँया



मेलम्ची । बागमति प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले गणतन्त्र पछि स्थापित भएको बिकासको बाहकको रुपमा रहेको प्रदेश सरकारको बिरुद्ध गलत भाष्य निर्माण गर्न व्यवस्था बिरोधी संचारकर्मी र सामाजिक संजाल प्रयोगकर्ता उद्धत रहेको बताउनुभएको छ । शनिबार मुख्यमन्त्री भएपछि पहिलोपटक सिन्धुपाल्चोकको मेलम्ची पुग्नुभएका बानियाँले राम्रा संचारकर्मीले गणतन्त्र ल्याउनकालागि महत्वपूर्ण भुमिका खेलेपनि अहिले फेसबुक, ट्वीटर, युट्यूव जस्ता सामाजिक संजालबाट यो व्यवस्था मन नपर्ने हरुले बदनाम गराउन थालेको बताउनुभयो ।
उहाँले हिजोको तानाशाह, पन्चायतका पक्षधरहरुलाई अहिले जनताले पाइरहेको प्रत्यक्ष सेवा, सुबिधा बिकास निर्माण लगायतको  गणतान्त्रिक व्यवस्था केही मानिसहरुलाई मन नपरेकोले यो व्यवस्थाको बिरुद्धमा लागिरहेको जिकिर गर्नुभयो । उहाँले व्यवस्था बिरोधीहरुले गाउँगाउँमा पुगेको सडक, पुल, शिक्षा, स्वाथ्य, संचार सुविधाहरु जनताले पाएको हेर्न नचाहेको बताउनुभयो ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले बागमति प्रदेश सरकारका नवनियुतm मुख्यमन्त्री इन्द्र बानिँया, स्वास्थ्य मन्त्री किरण थापा, आर्थिक मामिला तथा योजना मन्त्री, प्रभात तामाङ, खानेपानी,उर्जा तथा सिंचाई मन्त्री कृष्ण कुमार तामाङ, नर्वौ एसिया गोजुरियो कराते प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडी करीना पुरी, नेपाल आइडल सिजन ६ को फाइनलिष्ट प्रतियोगि कलाकार गंगा सोनाम तथा आठौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक विजेता ११ बर्षीय खेलाडी शशांक तामाङलाई थप कर्तव्यनिष्ठ र हौसलाको लागि बधाई तथा सम्मान गरीएको नगरप्रमुख आइतमान तामाङले बताउनुभयो ।
Screenshot2025-08-2317142-1755948978.jpeg
Screenshot2025-08-2317151-(1)-1755948997.jpeg
Screenshot2025-08-2317155-1755949020.jpeg
Screenshot2025-08-2317162-1755949034.jpeg
IMG_9358-(1)-1755949050.JPG
IMG_9378-1755949076.JPG
IMG_9367-1755949103.JPG
IMG_9303-1755949120.JPG
IMG_9360-1755949144.JPG
IMG_9330-1755949174.JPG
IMG_9301-1755949194.JPG
IMG_9365-1755949210.JPG

प्रकाशित : ७ भाद्र २०८२, शनिबार, ,