भोटेकोशी गाँउपालिका

कोदारीको इकोमा गएको पहिरो अझै खुलेन, चिनियाँ सामान बोकाएरै ढुवानी चीनमै अड्किए पाँच सय कन्टेनर



सिन्धुपाल्चोक । नेपाल चीन उत्तरी सीमा नाका तातोपानी बर्षायम सुरु भएसगै अस्तब्यस्तकै अवस्थामा छ। गत असार २४ को भोटेकोशीको बाढीले रसुवागढी नाका बन्द भएपछि चीनसँगको ब्यापारीक सिमा तातोपानी नाका पहिरो र सडकको दुरअबस्थाले सस्ती भोग्नु परेको छ । नेपाल चीन मितेरी पुलबाट २ किमि नेपाल तर्फको बाटो भासिँदा अहिले व्यावसायिहरु मार खेप्न बध्य् छन । तातोपानी नाका हुदै अहिले आन्तरिक तथा बाह्य पर्यटक कैलाश मानसरोवर जाने गरेका छन् । सडकको अबस्थाले पर्यटकले समेत सास्ती खेप्नु परेको जनप्रतिनिधिहरु बताउँछन ।दश दिनदेखि पहिरोका कारण वन्द रहेको अरनिको राजमार्ग आजसम्म पनि सञ्चालन हुन सकेको छैन । सर्वसाधारण आवजतजावत गर्न पनि असहज भएको यो मार्ग बन्द हुँदा चीन बाट आएका अरवौँ रुपैयाँका सामान खेर जाने अवस्थामा पुगेको छ । नजिक रहेको चाडपर्वमा प्रयोग हुने सामानहरु पनि थुनिएर रहेका छन् । फलफूलजस्ता सामानहरु बिग्रने कारण व्यवसायीहरुले भरियामार्फत वोकाएर काठमाण्डौँतर्फ ल्याउन वाध्य भएका छन्  दैनिक करोडौंको राजस्व संकलन गर्ने तातोपानी नाकाको राजमार्ग व्यवस्थित हुन नसकेको धेरै भयो ।हरेक वर्षायाममा यो मार्गमा समस्या आउँदा धेरै नोक्सान हुने गरेको व्यवसायीहरु बताउँछन् ।

सरकारले अवरुद्ध तातोपानी नाकामा सडक संचालन तत्काल नगरे भन्सार कार्यालयमा भएका सबै कन्टेनर अरनिकोको राजमार्गमा तेर्साउने चेतावनी सिन्धुपाल्चोक उद्योग वाणिज्य सघका अध्यक्ष बुद्धराज बस्नेतले दिएका छन। तातोपानी नाका संचालनमा आफुहरु अहोरात्र खटिएको बताउदै अध्यक्ष बस्नेतले सरकारी पक्षले बाटो मर्मत र संचालनमा ध्यान नदिएको बताए। संघिय सरकार र ठेकेदार कम्पनीको कारण तातोपानीका स्थानीय र व्यावसायिहरुले हरेक बर्ष दुख पाइरहेको अध्यक्ष बस्नेतको दाबी छ। चीनको खास क्षेत्रवाट काठमाडौँसम्म सामान ल्याउने द्रुत मार्गको रुपमा रहेको यो राजमार्ग निर्माणमा सरकारी पक्ष उदाशिन देखिएकोले यहाका व्यवसायीहरु,स्थानिय बासिन्दाहरु ठुलो मारमा परनु परेको कुरा अध्यक्ष बस्नेतले बताउनुभयो ।

प्रकाशित : २९ श्रावण २०८२, बिहिबार, ,