चितवन – गएकाे वर्ष यो समयमा रगतको चरम अभाव भएपछि पोखराबाट एक हजार युनिट (पोका) रगत चितवन ल्याइएको थियो । अघिल्ला वर्षहरूमा यो समयमा रगत जिल्लाबाहिरबाट ल्याउनुपर्ने बाध्यता थियो । यस वर्ष भने विश्व रक्तदाता दिवसका अवसरमा गएकाे जेठ ३१ गते आयोजना गरिएको रक्तदान महोत्सवमा ठूलो मात्रामा रगत सङ्कलन भएपछि अभाव टरेको हो ।चरम अभावको समयमा भएको रक्तदानले निकै सहज भएको पौडेलले बताउनुभयो । ब्लड डोनर्स सोसाइटी नेपालका अध्यक्ष अर्जुन अधिकारीका अनुसार नेपालमा पहिलो पटक एकै ठाउँमा एकै दिन यति ठूलो सङ्ख्यामा रक्तदान भएको हो । नयाँ रक्तदातासमेतलाई आकर्षित गर्न महोत्सव गरिएको अधिकारीले बताउनुभयो ।






















प्रतिक्रिया