विविध

ललितपुरको पाटन दरबार क्षेत्रमा आजदेखि गाडी चलाउन नपाइने



काठमाण्डौ – ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रलाई आजदेखि भेहिकल–फ्री जोन अर्थात् गाडी निषेधित क्षेत्र बनाएको छ । भीडभाड, प्रदूषण र आवाज कम गर्न तथा पैदल यात्रीहरू र सार्वजनिक गतिविधिको लागि थप ठाउँ सिर्जना गर्न गाडीमुक्त क्षेत्र बनाउने गरिन्छ ।

दुई चरणमा यो कार्यक्रम लागु गर्न खोजीएको र यसमा पाटनका स्थानीयबासिन्दाले पनि साथ दिने विश्वास गरेको ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले बताउनुभयो । पहिलो चरणमा ममदु गल्ली, गौरीशंकर मन्दिरदेखि ओल्खु गणेश मन्दिरसम्म, भीमसेनस्थान मन्दिरदेखि स्वठ नारायणमन्दिरसम्म र स्वठ चोकदेखि क्वालखु चोकसम्म गाडी चलाउन निषेध गरिने छ ।

यी क्षेत्रमा आज १३ गते, १७ र २० गते दिउँसो १ बजेदेखि बेलुकी ६ बजेसम्म गाडी प्रवेश निषेध गरिएको छ । यी क्षेत्रमा मंसिर २४ र २७ गते पनि बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म गाडी चलाउन निषेध गरिएको छ ।

यस्तै, दोस्रो चरणमा तिछुगल्ली, मङ्गलबजार चोकदेखि चक्रबहिल चोकसम्म दिउँसो १ बजेदेखि बेलुकी ६ बजेसम्म निषेध गरिएको छ । यो क्षेत्रमा पर्सि पुस १६ र १९ गते बिहान ८ बजेदेखि ७ बजेसम्म गाडी चलाउन निषेध गरिएको छ । महानगरका मेयर महर्जनका अनुसार पाटन दरबार क्षेत्रलाई चरणबद्ध रूपमा गाडी चलाउन निषेध गरिने छ । कार्यक्रमको नाम पाटन पाइला पाइलैमा राखिएको छ । notice_AIpBbEwC1N.jpg

प्रकाशित : १३ मंसिर २०८२, शनिबार, ,