काठमाडौं – शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ७० अङ्क अङ्कले बढेर २ हजार ५ सय ६६ दशमलव ०७ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, होटल र लगानी समूहको शेयर १ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । आज २ सय ७ वटा कम्पनीको शेयर बढेकोमा ४४ वटाको घटेको छ । यस्तै ५ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।
आज सागर डिस्टिलरी, माबिलुङ इनर्जी, बुङ्गल हाइड्रो, झापा इनर्जी, बन्दीपुर केबलकार कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन एभरेस्ट बैंकको डिबेन्चर २०९१ सबैभन्दा धेरै ३ दशमलव ५४ प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ३ अर्ब ९४ करोडको कारोबार भएकोमा आज ३ सय ४५ वटा कम्पनीका ९२ लाख ५५ हजार कित्ता शेयर ४ अर्ब १० करोड रुपैयाँमा किनबेच भएको छ ।
























प्रतिक्रिया