काठमाडौं । पछिल्ला दिनमा लगातार घट्दो सुनको मूल्य बुधबार र बिहीबार स्थिर देखिएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भएको हो। अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३,९५३ डलरमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य भने बढेको छ। बुधबार चाँदी २,९६५ रुपैयाँमा कारोबार भएकोमा बिहीबार प्रतितोला २,९८० रुपैयाँ कायम भएको छ।
गत आईतवार सुनको मूल्य एकै दिन ११,६०० रुपैयाँले घटेर २,४१,९०० कायम भएको थियो। सोमवार प्रतितोला दुई हजारले घटेर २,३९,९००, र मंगलवार फेरि दुई हजार ९ सयले घटेर २,३७,००० मा कारोबार भएको थियो।
सुनचाँदी व्यवसायीहरूले पछिल्ला दिनमा अमेरिका लगायत अन्य क्षेत्रमा लगानीका अवसर बढ्दै गएकाले लगानीकर्ता सुनबाट अन्य क्षेत्रमा आकर्षित हुन थालेको र यसकारण सुनको मूल्यमा थप गिरावट आउन सक्ने चेतावनी दिएका छन्।
























प्रतिक्रिया