विविध

माइत बसेकी रुविको सुटकेशभित्र शव



रौतहट।गौर नगरपालिका–९ गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा सुटकेसभित्र एक महिलाको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजु कार्कीले उक्त शव माधवनारायण नगरपालिका–२ माधोपुर माइत भएकी रुविकुमारी साहको रहेको जानकारी दिए ।

शनिबार राति १०:३० बजेतिर डोरीले बाँधिएको सुटकेसभित्र महिलाको शव भेटिएको थियो । अन्दाजी ३० वर्षीया ती महिलाको घर भारतको मुजफ्पुरमा रहेको र हाल माइत माधोपुरमा आमासँगै बस्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

भारतको मुजफ्फरपुरमा रहेका श्रीमानलाई छाडेर उनी छोरा पढाउन भन्दै रौतहटको माधवनारायण नगरपालिका–२ स्थित महादेवपट्टीमा डेरा लिएर बस्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

रुविका श्रीमान् पनि अहिले रौतहट प्रहरीको सम्पर्कमा आइसकेका छन् । उनले आफू र रुविबीच कुनै पनि घरायसी लगायत अन्य समस्या नरहेको प्रहरीलाई जानकारी गराएका छन् ।

रुविको हत्या गरेर घटना लुकाउन सुटकेशमा शव लुकाएर फालिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रहरीले शव परीक्षणका लागि प्रादेशिक अस्पताल गौरमा पठाएको छ ।

प्रकाशित : ८ भाद्र २०८२, आइतबार, ,