विविध

एभरेष्ट बैंकको खुद मुनाफा झण्डै पाँच अर्ब



काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक बर्षको चौंथो त्रैमासिक अवधिमा चार अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा तीन अर्ब ७० करोड ३२ लाख २५ हजार रुपैंयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैंयाँ रहेको बैंकले गत आवको चौंथो त्रैमासमा दुई खर्ब ९८ अर्ब ८१ करोड ८४ लाख रुपैंयाँ निक्षेप संकलन गरी दुई खर्ब १३ अर्ब ६२ करोड ३५ लाख ४५ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा नौं अर्ब १२ करोड ९३ लाख ८८ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव ३८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने बैंकले दुई खर्ब ३२ अर्ब ३१ करोड ६६ लाख पाँच हजार रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब ७८ अर्ब २१ करोड ५३ लाख ९९ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात अर्ब ६४ करोड ८३ लाख २५ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव ७१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।

प्रकाशित : २६ श्रावण २०८२, सोमबार, ,