खेलकूद

पोखराले लुम्बिनीलाई दियो १५१ रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १५१ रनको लक्ष्य प्रस्तुत गरेको छ। टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५० रन जोड्यो।

पोखराका ओपनर एडम वासिङटन र जिम्मी निशम आजको खेलका प्रमुख आकर्षण बने। ३३ रनमै ४ विकेट गुमाउँदै दबाबमा परेको पोखरालाई यी दुईले सम्हाले। एडमले ६३ बलमा ८ चौका र ३ छक्का सहित ८१ रनको प्रभावशाली पारी खेले। त्यसैगरी, जिम्मी निशमले ३२ बलमा अविजित ५१ रन योगदान दिए।

अन्य ब्याट्सम्यानले ठूलो योगदान दिन सकेनन्—दिनेश खरेल ७ रन, कप्तान कुशल भुर्तेल ०, सुमित वर्मा ० र तिर्थ दास १ रनमा आउट भए। अन्त्यतिर किरणकुमार ठगुन्ना १ रनमा अविजित रहे।

लुम्बिनीका शेर मल्ल र तिलक भण्डारीले समान २–२ विकेट लिए भने गुल्ददिन नाइवले १ विकेट लिए।
अब लुम्बिनी लायन्सले १५१ रनको लक्ष्य पछ्याउनेछ।

 

प्रकाशित : १३ मंसिर २०८२, शनिबार, ,