खेलकूद

आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै: एनपिएल



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स एक–अर्काविरुद्ध उत्रिँदैछन्। अपराह्न ४ः०० बजे सुरु हुने खेलमा पोखराको नेतृत्व कुशल भुर्तेलले गर्नेछन् भने सुदूरपश्चिमलाई दीपेन्द्रसिंह ऐरीले कमान्ड गर्नेछन्।

पोखरा एभेञ्जर्सले घरेलु र विदेशी दुवै खेलाडीको प्रभावकारी संयोजन मैदानमा उतार्ने तयारी गरेको छ। आकाश चन्द, सागर ढकाल, त्रित राज दास, दिनेश खरेल, विपिन खत्री तथा विकेटकिपर एडम रोसिङ्टन आजको खेलका मुख्य आधार हुने अपेक्षा छ।

सुदूरपश्चिम रोयल्सका लागि विकेटकिपर विनोद भण्डारी, स्टार बल्लेबाज क्रिस लिन, जोश ब्राउन, स्कट कुग्गेल्जिन, आरिफ शेख, ईशान पाण्डे, हेमन्त धामी र बलर अविनाश बोहरा आजको टिमको प्रमुख शक्तिका रूपमा रहेका छन्।

दुवै टोलीले विजयी सुरुआत गर्दै अंकतालिकामा सशक्त उपस्थिति जनाउने लक्ष्य राखेका छन्।

प्रकाशित : ५ मंसिर २०८२, शुक्रबार, ,