back

चाँगुनारायण नगरपालिकाको भवन नगरपालिका मध्येकै उत्कृष्ट

भक्तपुर। ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेका भक्तपुर जिल्ला भित्रका ४ वटा नगरपालिका मध्ये चाँगुनारायण नगरपालिका एक पुरातात्त्विक एवं ऐतिहासिक नमूना नगर पालिका हो। चाँगुनारायण नगर पालिका भक्तपुरको ऐतिहासिक सास्कृतिक हिसाबले छुट्टै पहिचान रहेको मेयर जीवन खत्री बताउनु हुन्छ। स्थानीय स्तरमा पुरातात्त्विक भवन निर्माण गरी चाँगुनारायण नगर पालिकाले आफ्नै  नगर वासीको कामलाई आफ्नै नवनिर्मित भवनबाट सेवा दिदै आएको मेयर खत्री बताउनुहुन्छ।

जनताको मन र मत जितेर मेयर बनेका खत्री आफ्नो नगरको विकास, सम्पदा संरक्षणमा दिन रात नभनि सामाजिक सेवामा तल्लीन देखिन्छ्न।
हक्कि सोभाव भएका मेयरको काम गर्ने शैलीले जनताको मन जितेको मात्र छैन पुरै चागुनारायण नगरवासी उनको साथमा छ। भवन निर्माण गर्न कति खर्च भयो भनि ऊर्जाशिल अनलाईनका सम्पादक तारा देवी नेपालले राखेको प्रश्नमा रू ३२,९३,८४,२२४/९० (बतिस करोड त्रियान्वे लाख चौरासी हजार दुई सय चौबीस रुपैया नब्बे पैसा) खर्छ भएको ईन्जिनियर विश्व जीत होनाले बताए। नवनिर्मित नगरपालिकाको भवन सायद नेपाल अधिराज्यकै नगरपालिकाहरू मध्ये उत्कृष्ट भवन बनेको छ । भवनमा पार्किड; चमेना गृह सेक्रुरेटी कक्ष साथै सम्पूर्ण कर्मचारीहरुको लागि सुबिधा सम्पन हिसावले अफिस डेकोरेसन गरिएको छ। नगरपालिकाको सबै भन्दा उत्कृष्ट कार्य भएको कुरा सोहि नगरपालिकाका एक कर्मचारीले उर्जाशीललाई बताए ।ऐतिहासिक एवं पुरातात्विक महत्वको दृष्टीकोणले परिचित भक्तपुर जिल्ला भित्रका ४ वटा नगरपालिका मध्ये चाँगुनारायण नगरपालिका नेपाल सरकारले मिति २०७३।११।२७ गतेको स्थानिय तह घोषणाबाट साविक चाँगुनारायण नगरपालिका र नगरकोट नगरपालिकालाई समेटेर गठन भएको हो । मिति २०७१।८।१६ को मन्त्रीपरिषदको निर्णय अनुसार साविक चाँगुनारायण, झौखेल, छालिड, दुवाकोट गा.वि.स समेटेर चाँगुनारायण नगरपालिका तथा साविक नगरकोट बागेश्वरी, सुडाल र ताथली गा.वि.स समेटेर महामन्जुश्री नगरकोट नगरपालिका घोषणा भएको थियो । पछि महामन्जुश्री नगरकोट नगरपालिका मिलाएर नाम संशोधन भै नगरकोट नगरपालिका कायम भएको थियो ।


थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा

थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा

वि.सं.२०८१ माघ ११ शुक्रवार ०७:४९

काठमाडौं– महानगर यातायात प्रालीले चन्द्रागिरि प्राथमिक अस्पताल थानकोटदेखि धुलिखेलसम्म बस...

काठमाडौँको वायु प्रदूषण उच्च तहमा

काठमाडौँको वायु प्रदूषण उच्च तहमा

वि.सं.२०८१ माघ १० बिहीवार २१:२१

काठमाडौं– काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च तहमा पुगेको आज बिहान...

असनमा लागेको आगलागीबाट ३५ लाख बराबरको क्षति

असनमा लागेको आगलागीबाट ३५ लाख बराबरको क्षति

वि.सं.२०८१ माघ १० बिहीवार २१:१४

काठमाडौं । काठमाडौं महानगरपालिका–२७, असनमा बिहीबार लागेको आगलागीबाट ३५ लाख...

आजको विदेशी मुद्राको विनिमय दर कति ?

आजको विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८१ माघ ९ बुधवार ०९:३८

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

वि.सं.२०८१ माघ ८ मंगलवार २१:१६

नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित...

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

वि.सं.२०८१ माघ ८ मंगलवार २१:०२

काठमाडौँ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सफल...