back

दुई साता चलेको लोकबाजा प्रशिक्षण सम्पन्न

काठमाडौँ ४ माघ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले बागमती प्रदेशस्तरीय मौलिक लोकबाजा प्रशिक्षण दुई हप्ते कार्यक्रम सम्पन्न भएको छ । काठमाडौँ र ललितपुरका विभिन्न ठाउँमा दुई हप्तामा सात वटा लोकबाजाबारे प्रशिक्षण दिइएको थियो । प्रशिक्षणको दौरान कम्तिमा १३५ जना बढी युवाले लिम्बु जातिको च्याब्रुङ, राई जातिको ढोल, तामाङ जातिको टुङ्ना र डम्फु, नेवार जातिको धिमे तथा बाँसुरी र सारङ्गी बाजा बारे प्रशिक्षण लिने अवसर पाएका थिए । प्रशिक्षार्थीलाई लोकबाजाको परम्परागत पृष्ठभूमि र क्षेत्रिय समुदायसंगको धार्मिक, साँस्कृतिक सम्बन्ध बारे जानकारी दिने, बाजा बन्ने बनाउने र सुर मिलाउने तरिका, पुर्विय तथा पश्चिमी संगीत पारम्भिक ज्ञान, मेट्रोनममा बाध्यबादन अभ्यास सुरुवात, बाजानुसारको संगीत संयोजन गरि त्यसैनुसार अभ्यास, सुरताल बोल स्वरलिपिमा लेखन अभ्यास गराइएको थियो । प्रशिक्षार्थीहरुले प्रशिक्षणका दौरान सिकेको आआफ्ना आकर्षक प्रस्तुतिहरु नाचघर, जमलमा आयोजित कार्यक्रममा प्रस्तुत गरेका थिए । प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्नु हुँदै प्राज्ञ राईले मौलिक लोकबाजालाई मूलधारको व्यवासायिक सङ्गीतसँग जोड्न, लोकसङ्गीतको स्वरलिपि तयार गरी, त्यस आधारमा लोकबाजा बजाउन सक्ने वाद्यवादकहरु तयार गर्न प्रतिष्ठानले थप प्रशिक्षणहरु सञ्चालन गर्ने प्रतिबद्धता प्रतिष्ठानका संगीत विभाग प्रमुख प्राज्ञ अशोक कुमार राई जनाउनु भएको छ ।


थारु भाषा संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्छ: मन्त्री चौधरी

थारु भाषा संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ असार २ शनिवार १७:०१

काठमाडौँ, १ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री...

जनजिवीकामा प्रत्यक्ष असर पार्ने गरि कर उठाउन खोजेपछि सर्वत्र आलोचना

जनजिवीकामा प्रत्यक्ष असर पार्ने गरि कर उठाउन खोजेपछि सर्वत्र आलोचना

वि.सं.२०८१ जेठ २९ मंगलवार १९:४२

काठमाडौं । सरकारले बजेट तथा आर्थिक विधेयक २०८१/०८२मा आधारभूत आवश्यकताका...

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिदै,

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिदै,

वि.सं.२०८१ जेठ २८ सोमवार ०८:३९

पोखरा । सर्बोच्चको परमादेशसंगै जेठ १६ गते संबिधानको धारा १६८(३)...

३३.८ डिग्री सेल्सियस काठमाडौंको अधिकतम तापक्रम

३३.८ डिग्री सेल्सियस काठमाडौंको अधिकतम तापक्रम

वि.सं.२०८१ जेठ २८ सोमवार ०८:२७

काठमाडौं । देशका धेरै स्थानमा आज तापक्रम बढेको छ ।...

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन-२०६४ छिट्टै संशोधन गरेर कार्यान्वयन गर्छौ: मन्त्री चौधरी

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन-२०६४ छिट्टै संशोधन गरेर कार्यान्वयन गर्छौ: मन्त्री चौधरी

वि.सं.२०८१ जेठ २५ शुक्रवार १३:५९

काठमाडौँ, २५ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री...

पैतृक सम्पत्तिमा समान अधिकारबारे जानकारी नै हुन सकेको छैन: मन्त्री चौधरी

पैतृक सम्पत्तिमा समान अधिकारबारे जानकारी नै हुन सकेको छैन: मन्त्री चौधरी

वि.सं.२०८१ जेठ १९ शनिवार १२:०६

काठमाडौँ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले पैतृक...