काठमाडौं। काठमाडौंको जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
आज बिहान करिब २ः५० बजे जडिबुटी आकासे पुल नजिक सडक पेटीको छेउमा पार्किङ गरिएको बा.प्र.०१-००६ ख ४२४३ नम्बरको अरनिको यातायातको बसमा कोटेश्वरबाट जडिबुटी तर्फ जाँदै गरेको लु.४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक नवलपरासी सुनौल–०१ स्थायी घर भई हाल भक्तपुर लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र स्कुटर पछाडि सवार काभ्रेपलाञ्चोक पाँचखाल–०२ का २३ वर्षीय नितेश नेपाललाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो । तर, उपचारकै क्रममा बिहान ३ः४७ बजे नितेश नेपाल र ३ः३० बजे शिरिस पौडेललाई चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।
घटनामा संलग्न दुवै सवारी साधनलाई कोटेश्वर ट्राफिकले नियन्त्रणमा लिएको छ भने बस चालक दोलखा भी.न.पा.–०७ स्थायी घर भई हाल काडाँघारी बस्ने २५ वर्षीय सुभाष तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
























प्रतिक्रिया