ताप्लेजुङ, साउन १५ गते। सहर तथा बजार क्षेत्रमा मात्र नभई पछिल्लो समय ग्रामीण भेगका बस्ती–बस्तीसम्म खाना पकाउने एलपी ग्यासको प्रयोग बढ्दै गएको छ। आधुनिकतासँगै मानिसमा सौखिन मोह बढ्दै गएको र ग्रामीण भेगमा भान्सा कोठाका चुल्होमा दाउराको सट्टा ग्यास सिलिन्डरको प्रयोग बढ्दै गएको हो।
भान्सा घरमा रहेको चुल्होमा बालिने दाउराको धुँवाले वातावरण प्रदूषित बनाउनुका साथै मानिसको स्वास्थ्यमा असर पुर्याउने गर्दछ। दाउराबाट निस्किने धुँवाको असर र खराबीबारे जानकारी पाउने सूचना तथा शिक्षाको पहुँचका कारण पनि ग्रामीण क्षेत्रका कुनाकन्दरासम्म स्थानीय उपभोक्ताले एलपी ग्यासको प्रयोग बढाउँदै लगेका पाइएको छ। एलपी ग्यासको प्रयोग गर्नु स्वास्थ्यका दृष्टिले फाइदा रहेको र समयसमेत बचत हुने उपभोक्ताको भनाइ छ।
























प्रतिक्रिया