समाचार

लायन्स क्लब अफ काठमाडौं पिस वर्ल्डको अध्यक्ष पद ग्रहण तथा हस्तान्तरण कार्यक्रम सप्पन्न



काठमाडौं । लायन्स क्लब अफ काठमाडौं पिस वर्ल्डको अध्यक्ष पद ग्रहण तथा हस्तान्तरण कार्यक्रम सप्पन्न भएको छ। सरस्वतीनगर स्थित ए वन क्याफेको सभाहलमा सम्पन्न क्लबको कार्यक्रममा प्रमुख अतिथि डिष्टिक सचीव राम बहादुर श्रेष्ठ, बिशिष्ठ अतिथिहरुमा डिष्टिकका प्रमुख सल्लाहकार लायन बिष्णु प्रसाद भण्डारी, कोषाध्यक्ष लायन महिन्द्र राठी, डिष्टिक सह कोषाध्यक्ष लायन तुलसा गौतम, डिष्टिक डिपार्टमेन्ट चिफ क्लबका संस्थापक अध्यक्ष लायन कपुर श्रेष्ठ , डिष्टिक जोन चियर परसन लायन नवराज पाण्डे लगाएतका महानुभावहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको प्रथम सत्रमा लायन वर्ष २०२४-२०२५ का अध्यक्ष लायन रामहरि श्रेष्ठले सन २०२३ मा लायन्स क्लव अन्तर्राष्ट्रियमा दर्ता रहेको क्लबले आफ्नो उद्देश्य नै समाज सेवा गर्नु हो भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै लायनवादका उद्देश्य तथा नैतिक सिद्धान्तमा आधारित रहेर शिक्षा, स्वास्थ्य, पर्यावरण लगायतको क्षेत्रमा काम गरिरहेको जानकारी दिनुभयो ।  क्लबले वर्ष २०२४- २०२५ मा समाज सेवालाई आत्मसात गर्दै अठार लाख भन्दा माथीको आर्थिक सहयोगका कामहरु सम्पन्न गरेको बताउनु भयो। कार्यक्रममा क्लबका सचीव लायन नारायण कार्कीले क्लबको वार्षिक कार्य प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष लायन कल्पना श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। वर्ष २०२४- २०२५ का पदाधिकारीहरुको पदावधि सकिए संगै क्लबले लायन वर्ष २०२५÷२०२६ का लागि रघुनाथ भण्डारीको नेतृत्वमा नयाँ पदाधिकारीहरुको निर्विरोध निर्वाचित गरेको क्लबका सचीव नारायण कार्कीले जानकारी दिनुभयो ।
कार्यक्रममा लायन वर्ष २०२५-२०२६ का लागि निर्वाचित क्लब अध्यक्ष रघुनाथ भण्डारीलाई अध्यक्षता ग्रहण गराउदै पुर्व क्लब अध्यक्ष रामहरि श्रेष्ठले क्लबको माइन्युट र वेल हस्तान्तरण गर्नुभएको थियो।

वर्ष २०२५- २०२६ का लागि निर्बिरोध निर्वाचित उपाध्यक्ष लायन नेत्रध्वज थापा, सचीव बाबुराम गिरी, कोषाध्यक्ष इन्दिरा ढुंगाना बडाललाई खादा माला लगाएर जिम्मेवारी हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा अध्यक्ष रघुनाथ भण्डारीले वर्ष २०२५- २०२६ मा आफ्नो नेतृत्वमा क्लबको गरिमालाई बढाउन र क्लबले राखेका उदेश्यहरुलाई पूरा गर्न आफू र आफ्नो टीमले सामाजिक सेवाको भावलाई आत्मसात गर्दै काम गर्ने बताउनु भयो।
कार्यक्रममा प्रमुख अतिथि, बिशिस्ट अतिथिहरुले शुभकामना मन्तब्य राख्दै क्लबको प्रगतिको कामना गरेका थिए। हाल लायन्स क्लब अफ काठमाडौं पिस वर्ल्डमा २५ जना सदस्य छन।
सन् १९१७ मा अमेरिकाको सिकागोका विमा व्यवसायी मेल्भीन जोन्सले प्रथम विश्वयुद्धमा परेका मानिसहरूको सहयोग गर्ने उद्देश्यले स्थापना गरेको लायन्स क्लव नेपालमा भने वि.सं. १९७१ देखि पूर्व प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाको अगुवाईमा पूर्वी नेपालको विराटनगरबाट सुरुवात भएको बताइएको छ ।

प्रकाशित : २८ असार २०८२, शनिबार, ,