काठमाडौं ,नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीलगायतलाई भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।टेलिकमको बिलिङ ठेक्कासम्बन्धी प्रकरणमा अख्तियारले विशेष अदालतमा उनीहरूमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो । स्रोतका अनुसार उक्त मुद्दामा १८ जनालाई प्रतिवादी बनाइएको छ । प्रतिवादीहरूको नाम तथा बिगोबारे विस्तृत विवरण आउन बाँकी छ ।
मुद्दा रुजुको क्रममा रहेकाले दर्ता हुन बाँकी रहेको अदालत स्रोतले जनाएको छ। आरोपपत्रमा निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलसमेतलाई प्रतिवादी बनाइएको छ। पौडेल भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दामा निलम्बन भएपछि २०८१ भदौमा सरकारले पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको थियो।
नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको अख्तियारको दाबी छ।




























प्रतिक्रिया