मुख्य समाचार

मलेसिया र अस्ट्रेलिया लागि नेपाली राजदूतलाई थप जिम्मेवारी



काठमाडौँ–सरकारले अस्ट्रेलिया र मलेसियाका लागि नेपाली राजदूतलाई थप जिम्मेवारी प्रदान गरेको छ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवलाई न्यूजिल्याण्डको समेत गैरआवासीय राजदूत नियुक्त गरेका छन्।

यस्तै मलेसियाका लागि नेपाली राजदूत डा नेत्रप्रसाद तिम्सिनालाई ब्रुनाई दारुसलामका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित : २५ बैशाख २०८२, बिहिबार, ,