हेलम्बु (कक्षा ८)का सबै विद्यालयको नतिजा सार्वजनिक,९०% भन्दा धेरै विद्यार्थी उतिर्ण,४ वटा विद्यालयको नतिजा शतप्रतिशत
सबै सामुदायिक विद्यालयको नतिजा ९० प्रतिशत भन्दा माथि
हालै सार्वजनिक भएको आधारभूत शिक्षा उत्तीर्ण परीक्षा (कक्षा ८) को नतिजामा हेलम्बु गाउँपालिकाको ९०% भन्दा बढी विद्यार्थी उत्तिर्ण भएका छन् । १६ वटा विद्यालय सहभागि हेलम्बुमा बोधिसत्व मोडेल माध्यमिक विद्यालय, महेन्द्र माध्यमिक विद्यालय,पेमाछ्योलिङ आधारभुत विद्यालय र इष्ट पोइन्ट एकेडेमीले शतप्रतिशत विद्यार्थी उत्तिर्ण गरेको शिक्षा शाखा प्रमुख धनध्वज लामाले जानकारी दिनुभयो ।
अधिकांश विद्यार्थीले ९०% भन्दा माथि अंक ल्याएका छन्, जुन विशेष रूपमा उल्लेखनीय छ ।
२०८१ सालको आधारभूत शिक्षा समाप्ति परीक्षामा सहभागी भएका २६९ जना विद्यार्थीमध्ये २४३ जना विद्यार्थीले परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका छन्। गणित विषयमा ७१ जनाले ए+, ८२ जनाले ए, र ३५ जनाले बि+ ग्रेड प्राप्त गरेका छन् ।
शिक्षामा निरन्तर लगानी, गुणस्तरीय शिक्षक, र अभिभावकको सक्रियताले गर्दा हेलम्बु क्षेत्रका विद्यालयहरूको शैक्षिक गुणस्तरमा उल्लेखनीय सुधार आएको हेलम्बु गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।
विद्यालय प्रशासनका अनुसार, शिक्षक र विद्यार्थी दुवैको मेहनत तथा प्रविधिमैत्री शिक्षण विधिको अपनाइले यो सफलता सम्भव भएको हो।
हेलम्बु गाउँपालिकाका अन्य विद्यालयले पनि क्रमशः आफ्नो शैक्षिक प्रदर्शनमा सुधार ल्याइरहेका छन्, जसले गाउँपालिकाको समग्र शिक्षाको स्तर माथि उकास्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया