back

पत्रकार अमिर लामामाथि आक्रमण गर्नेलाई कारर्वाही गर्न माग

काठमाडौं, पत्रकार अमिर लामालाई सांघातिक आक्रमण गर्ने अपराधिक जत्थामाथि कारवाही गर्न पेशागत संगठनहरुले माग गरेका छन् ।
पत्रकार लामामाथि गत मंगलबार राति अरपराधिक समूहले काठमाडौंको बागबजारमा बाटो कुरेर कुटपिट गरी घाइते बनाएको थियो ।
नेपाल पत्रकार महासंघको काठमाडौं जिल्ला शाखाले बिहिबार एक प्रेस विज्ञप्ति जारी गरेर कुटपिट घटनाको निन्दा गरेको छ । कुटपिटमा संलग्न समूहमा आवद्ध व्यक्तिहरुलाई तत्काल नियन्त्रणमा लिई कानूनी कारवाही गर्न शाखाले सम्बन्धित निकायसँग माग गरेको छ ।
यस्तै प्रेस चौतारी नेपालको काठमाडौं जिल्ला समितिले एक प्रेस बिकेती जारी गर्दै पत्रकार लामामाथि योजनावद्ध रुपमा सांघातिक आक्रमण गर्ने समूहलाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न माग गरेको छ आक्रमणबाट लामाको टाउको, छातीमा चोट लागेको छ । शाखाहरुले घाइते लामाको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।
पत्रकार लामा आर्थिक प्लस डटकमका संचालक तथा पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाका निवर्तमान सहसचिव हुन् ।


बनेपा नगरपालिका
डोनाल्ड ट्रम्पलाई बधाईको ओइरो :अमेरिकी राष्ट्रपति निर्वाचन

डोनाल्ड ट्रम्पलाई बधाईको ओइरो :अमेरिकी राष्ट्रपति निर्वाचन

वि.सं.२०८१ कात्तिक २१ बुधवार १७:२९

वासिङ्टन । अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा...

आजदेखि विधिपूर्वक छठ पर्व सुरु

आजदेखि विधिपूर्वक छठ पर्व सुरु

वि.सं.२०८१ कात्तिक २० मंगलवार ०९:३३

महोत्तरी- मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक...

महिला फुटबलमा दर्शकको ‘क्रेज’

महिला फुटबलमा दर्शकको ‘क्रेज’

वि.सं.२०८१ कात्तिक १५ बिहीवार १३:४७

काठमाडौँ । खेलकुदमा दर्शकलाई १२ औँ खेलाडी भनिन्छ । घरेलु...

तिहारको तेस्रो दिन : आज साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा

तिहारको तेस्रो दिन : आज साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा

वि.सं.२०८१ कात्तिक १५ बिहीवार १३:४०

काठमाडौं – यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य,...

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०८:४२

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका...