back
noc

दशैलाई लक्षित गरी १०- १२ अर्व नयाँ नोट सटही गर्दै राष्ट्र बैक सर्वसाधारणको लागि असोज ४ गतेदेखि सुबिधा।

काठमाडौ भदौ ३१ । नेपाल राष्ट्रबैंकले यस वर्ष दसैँ सुरु हुन केहि समयअगाडिदेखि नै नयाँ नोट वितरण गर्ने भएको छ । काठमाडौं उपत्यकाभित्र वाणिज्य बैंक र तिनका शाखामार्फत यही ४ असोजबाट नयाँ नोट सटही सुविधा दिइने भएको छ ।
उपत्यकाबाहिरका लागि भने राष्ट्र बैंकको प्रेस कार्यालय र वाणिज्य बैंकबीचको समन्वयमा नोट सटहीको समय तोकिने भएको हो ।राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म सटही सुविधा दिने भएको हो । ५, १०, २०, ५० र १०० का प्रतिबन्डलसम्म सटही हुने गरी यो सुविधा दिने भएको हो । करिब १० देखि १२ अर्ब रुपैयाँका नयाँ नोट सटही हुने अनुमान राष्ट्र बैंकको छ ।‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् ।
धेरै जसो बैंकहरुमा नयाँ नोट पुगिसकेको राष्ट्र बैकले जनाएको छ। केही विकास बैंक र फाइनान्स कम्पनीहरु समेतले नयाँ नोट बितरणका लागि लगिसकेका छन् ।हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष कोभिडका कारण नयाँ नोट वितरण गरेको थिएन । यस वर्ष संक्रमण निकै घटेपछि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो । केही वर्ष पहिलेसम्म दशैंका लागि नयाँ नोट लिन राष्ट्र बैंकमा राति देखि नै सर्वसाधारणहरु लाइन लाग्ने गरेका थिए ।तर बैंकहरुमा पठाउने र क्षेत्रीय कार्यालयहरु समेतले वितरण गर्ने भएकाले विगतको जस्तो ठूलो भीडभाड कम हुने राष्ट्र बैंक मुद्रा ब्यवस्थापन बिभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताए ।


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

आज लक्ष्मी पूजा :  लक्ष्मीको पूजा आराधना गरिँदै

आज लक्ष्मी पूजा : लक्ष्मीको पूजा आराधना गरिँदै

वि.सं.२०७९ कात्तिक ७ सोमवार १२:५१

भक्तपुर, यमपञ्चक अन्तर्गत आज (सोमबार) धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक...

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

वि.सं.२०७९ कात्तिक ६ आइतवार १६:४२

सिन्धुपाल्चोक ,नेकपा एमालेका सरेस नेपाल र नेपाली कांग्रेस नेतृत्वको बाम...

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

वि.सं.२०७९ भदौ १८ शनिवार २०:५३

काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला उम्मेदवार सिफारिस कार्य सम्पन्न...

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

वि.सं.२०७९ भदौ १७ शुक्रवार २१:२७

काठमाडौं । राजधानी पूर्वका सात बढी जिल्लामा लामो समयदेखि यातायात...