back
noc

वैदेशिक राेजगार पत्रकार समाजकाे अध्यक्षमा उद्धवराज भट्टराई ।

काठमाडौं भदौ २७ । वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा उद्धवराज भट्टराई सर्वसम्मत निर्वाचित भएका छन । समाजको आज सम्पन्न १२ औ साधारणसभाले आगामी २ वर्षे कार्यकालका लागि भट्टराईको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा इन्द्रलक्ष्मी घिमिरे, उपाध्यक्षमा रेशमराज पौडेल, महासचिवमा केशव भूल, सचिवमा निर्मला घिमिरे, कोषाध्यक्षमा मनुका कुँवर तथा सदस्यहरुमा अरिश्मा मोक्तान, अमिर लामा, प्रविन राउत र सुरेन्द्र बजगाई चयन भएका छन । सल्लाहकारहरुमा मदन कुमार श्रेष्ठ, रुद्र खडका, मधुजंग पाण्डे, रामजी बगाले र घनश्याम आचार्य चयन भएका छन ।

समाजका अध्यक्ष हरिबहादुर थापाको सभापतित्वमा सम्पन्न साधारणसभामा प्रमुख अतिथिकारुपमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर, विशिष्ट अतिथिकारुपमा श्रम तथा रोजगार सचिव सुर्यप्रसाद गौतम तथा अतिथिकारुपमानेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्ट, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठ, प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चका कार्यवाहक अध्यक्ष राजेन्द्र भण्डारी लगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा समाजद्धारा प्रकाशित स्मारिका ‘श्रम तथा आप्रवासन’समेत विमोचन गरिएको थियो । साधारणसभाको उदघाटन सत्रमा बोल्दै विशेष अतिथि तथा श्रम सचिव सुर्यप्रसाद गौतमले कोभिडले आर्थिक गतिविधी ठप्प बनाउदासमेत रेमिट्यान्सकै कारण अर्थतन्त्र चलायमान बनेको भन्दै लागि वैदेशिक रोजगार व्यवसायको क्षेत्रेल पु¥याएको योगदान प्रशंशनिय रहेको बताए । उनले वैदेशिक रोजगारको क्षेत्रलाई सम्मानित, मर्यादित तथा प्रतिष्ठित बनाउन सरकार, नीजि क्षेत्र तथा सरोकारित निकाय सबैले आफ्नो ठाउबाट भूमिका खेल्नुपर्ने बताउदै संचारमाध्यमलाई पनि नकारात्मक भन्दा सकारात्मक ढंगबाट विषय उठान गर्न आग्रह गरे ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठले वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा भएका राम्रा र नराम्रा पक्ष औल्याइदिएर समाजले सधैव मार्गदर्शन गरेकोमा आभार व्यक्त गरे । उनले वैदेशिक रोजगारीमा जाने परिपाटी रोकेर रोक्न नसकिने विषय रहेको भन्दै दक्ष जनशक्ति उत्पादनमा जोड दिन सके स्वदेशमै पनि यस्ता जनशक्तिको धेरै खाचो रहेको र यसरी विदेशिदा कामदार पनि सुरक्षित हुनेमा जोड दिए । महासचिव श्रेष्ठले यस कार्यमा सरकारसँग आफुहरु सहकार्यको लागि तयार रहेको समेत बताए ।

नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्टले वैदेशिक रोजगारको विषयमा कलम चलाउनेहरु ढिलै भएपनि संस्थागत भएको भन्दै खुसी व्यक्त गरे । वैदेशिक रोजगारीको क्षेत्र मर्यादित र सम्मानित बनाउन संचारमाध्यमले हरेक कोणबाट औल्याउनुपर्ने बताउदै बरिष्ठ उपाध्यक्ष विष्टले यस क्षेत्रमा कलम चलाइरहदा पहिलो प्राथमिकता र केन्द्रविन्दुमा श्रमिकको हितलाई राख्नुपर्ने तथा व्यवसायीका समस्या पनि उठाउदै नीति निर्माण तहलाई झकझकाउने काम गर्नुपर्नेमा जोड दिए ।

प्रमुख अतिथिका तथा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानिरहेको यर्थाथताकाबीच अधिकांश नेपाली रहरले नभई वाध्यताले वैदेशिक राेजगारिमा जानुपरेको र अब ती नेपालीको सुरक्षा बारे सबै पक्षले बुझन जरुरी रहेकाे पनि बताए ।


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

प्रचण्डले दोहोरो भुमिका खेले : सुरेन्द्र पाण्डे

प्रचण्डले दोहोरो भुमिका खेले : सुरेन्द्र पाण्डे

वि.सं.२०७९ फागुन १३ शनिवार १९:३४

काठमाडौं,नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्रि सुरेन्द्र पाण्डेले प्रधानमन्त्री प्रचण्डले...

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

वि.सं.२०७९ कात्तिक ३० बुधवार २१:१६

सीता पौडेल(अर्चना) काठमाडौं। नेपाल बुद्धिजीवी परिष्दका अध्यक्ष तथा संरक्षक डा....

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

वि.सं.२०७९ कात्तिक ३० बुधवार १६:१९

कात्तिक ३०,काठमाडौ ।भोलि अर्थात १ मंसिरको मध्यरातबाट चुनाव प्रसार प्रचार...

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

वि.सं.२०७९ कात्तिक ३० बुधवार १५:५२

कात्तिक ३०,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...