back

बाह्रबिसेमा कार्यरत प्रहरी निरीक्षक शाह पुष महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी

इलाका प्रहरी कार्यालय बाह्रबिसेमा कार्यरत प्रहरी निरीक्षक देबेन्द्र बहादुर शाह पौष महिनाको सर्बोत्कृष्ट प्रहरी घोषणा भएका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुबाट सम्पादित कार्यको उचित मुल्याङकन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारीता एवंम् थप हौसला प्रदान गर्ने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालयबाट जारी भएको “महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यबिधी २०७७ मा उल्लेखीत व्यवस्था अनुसार पौष महिनाको “महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी “ घोषणा गरीएको छ ।

ईलाका प्रहरी कार्यालय, बाह्रबिसे सिन्धुपाल्चोकमा कार्यरत प्रहरी निरीक्षक देबेन्द्र बहादुर शाह पौष महिनाको सर्बोत्कृष्ट प्रहरी घोषणा भएका हुन ।

विभिन्न मितिमा घटना घटाई फरार रहेका १६ जना अभियुक्तलाई पौष महिनामा पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको तथा ईलाका प्रहरी कार्यालय बाह्रबिसेको कार्यालय माथिबाट आएको पहिरो स्थानीय निकाय र स्थानीय ब्यक्तिहरुको समन्वय र सहकार्यमा हटाई पहिरो प्रभावित एरियामा रिटेन्सनवाल र कार्यालयको कम्पाउण्डमा मेशिनरीवाल निर्माण कार्यमा उल्लेखनीय भुमिका निर्वाह गरेको हुँदा उहाँलाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको बागमती प्रदेश प्रहरी कार्यालय प्रहरी बरिष्ठ उपरीक्षक तथा प्रवक्ता मीरा चौधरीले जानकारी दिइन् ।

उहाँले गरेका कार्यहरुको उचित मुल्यांकन गर्दै प्रहरी प्रहरी निरीक्षक देबेन्द्र बहादुर शाह लाई प्रदेश प्रहरी कार्यालयमा गठन भएको छनौट समितिले निजलाई “महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरी अभिलेखमा जनिने गरी नगद पुरस्कारद्धारा पुरस्कृत गरीएको हो ।

प्रहरी निरीक्षक देबेन्द्र बहादुर शाह सहित पौष महिनामा उत्कृष्ट कार्य गर्ने १४ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन । प्रहरी निरीक्षक देबेन्द्र बहादुर शाह “महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी” घोषित भए भने अन्य १३ जना आ९आफ्नो कार्यालयको महिनाको उत्कृष्ट प्रहरी घोषणा भएका हुन ।


सुनकाे भाउ अहिलेसम्मकै उच्च ।

सुनकाे भाउ अहिलेसम्मकै उच्च ।

वि.सं.२०८० मंसिर १७ आइतवार १४:२५

काठमाडौं मङ्सिर १७।नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड...

आज १०बजे एमाले अध्यक्ष ओलीले संवोधन गर्ने :यसरी रंगियो राकम

आज १०बजे एमाले अध्यक्ष ओलीले संवोधन गर्ने :यसरी रंगियो राकम

वि.सं.२०८० मंसिर १७ आइतवार ०९:१५

दैलेख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संवोधन गर्ने...

यी दुई प्रदेशमा हिमपातको सम्भावना:आजको मौसम

यी दुई प्रदेशमा हिमपातको सम्भावना:आजको मौसम

वि.सं.२०८० मंसिर १७ आइतवार ०९:०३

काठमाडौ । आज  कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक...

दुर्गा प्रसाईलाई आफ्नै घरमा नजरबन्द

दुर्गा प्रसाईलाई आफ्नै घरमा नजरबन्द

वि.सं.२०८० मंसिर ८ शुक्रवार १४:१९

काठमाडौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई आफ्नै घरमा नजरबन्द गरिएको...

क्रिकेटको ब्याटिङमा उत्रिएपछी….

क्रिकेटको ब्याटिङमा उत्रिएपछी….

वि.सं.२०८० मंसिर ७ बिहीवार १९:१८

पोखरा । समकालीन राजनितीमा छुट्टै पहिचान बनाएका नेकपा (एमाले)का अध्यक्ष...

तातोपानी नाकामा हुने बेथिति रोक्न सरकार सग पहल

तातोपानी नाकामा हुने बेथिति रोक्न सरकार सग पहल

वि.सं.२०८० मंसिर ४ सोमवार १३:४०

तातोपानी । चीनसँग जोडिएको उत्तरी तातोपानी नाका ब्यापार सहजीकरण सम्बन्धी...