ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी ( रेस्ट) ले अमेरिकन हिमालयन फाउन्डेसनको सहयोगमा आज शैक्षिक सामग्री –झोला, कापी, कलम, सिसाकलम,जेमेट्री बस्क, इरेजर, स्वीटर, ड्रेस कपडा,सिलाई ज्याला र अभिभावक सहयोग वितरण गरेको छ । आज मेलम्ची नगरपालिका भित्रका बालसुधार मावि, जलवाईदेवि मावि, लाभगाउँ आधारभूत विद्यालय, ज्योति भञ्ज्याङ आधारभूत विद्यालयमा सामग्री वितरण सम्पन्न भएको छ । श्री बाल सुधार माविमा आयोजित कार्यक्रममा मेलम्ची ७ का वडा अध्यक्ष पासाङ तामाङले रेष्टले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा निरन्तर रुपमा सहयोगको अपेक्षा गर्नुभयो । रेष्टले सिन्धुपाल्चोकमा २०५७ सालबाट निरन्तर काम गर्दै आइरहेको संस्थाका जिल्ला कार्यक्रम संयोजक कुमार भट्टराइले जानकारी दिनुभयो ।मेलम्ची तथा इन्द्रावतीका अन्य विद्यालयमा २३ गते सम्ममा वितरण गरिने उहाँले बताउनुभयो । जिल्लामा १०५९ जनालाई यस वर्ष शैक्षिक सहयोग गर्ने तयारी रहेको कार्यक्रम प्रबन्धक सुरक्षा ढुंगेलले जानकारी दिनुभयो । रेष्ट केन्द्रीय कार्यालयका SGT कार्यक्रम प्रबन्धक सुरक्षा ढुंगेलले सहयोगको उचित उपयोग गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो ।शैक्षीक सहयोगको अलावा रेष्टले पैरवी, विद्यालय अतिरिक्त क्रियाकलाप सहयोग, रेस्ट सहयोग विह्यालयमा शुक्रबार फ्राइडे क्लास हुने गरेको छ जसमा बालिकाहरूलाई चेलीबेटी बेचबिखन, साइबर क्राइम, पत्रु खाना, बालश्रम शोषण लगायत विषयमा जानकारी दिने गरेको छ।























प्रतिक्रिया