समाचार

अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ स्थापना सम्पन्न



काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं. ६ बौद्ध, कुमारीगाल अवस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानले आफ्नो ४१औँ स्थापना दिवसको अवसर पारेर २०८२ साल माघ १६ गते विशिष्ट व्यक्तित्व अभिनन्दन कार्यव्रmम सम्पन्न गरेको छ । प्रा.डा. अभि सुवेदीको प्रमुख आतिथ्य तथा प्रतिष्ठानका अध्यक्षश्री भीमानन्द ढुङ्गानाको अध्यक्षतामा सञ्चालित उक्त कार्यव्रmमको समुद्घाटन सभाध्यक्ष, प्रमुख अतिथि, संरक्षक र कार्यकारी प्रिन्सिपल एवम् अन्य विशिष्ट व्यक्तित्वहरूले संयुक्तरूपमा गर्नुभएको थियो । सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सुरु भएको सो कार्यव्रmममा उपस्थित व्यक्तित्वहरूलाई कार्यकारी प्रिन्सिपल श्री ईश्वरीप्रसाद लामिछानेले स्वागत गर्नुका साथै प्रतिष्ठानका समग्र गतिविधिहरू उल्लेख गर्दै संस्थाको प्रगतिमा गुठियार, सल्लाहकार, शिक्षक कर्मचारी, अभिभावक लयायत शुभेच्छुकहरूको महत्त्वपूर्ण योगदान रहेको कुरामा जोड दिनुभयो ।उहाँले अरुणिमाका एस.एल.सी. ग्राजुएट्सहरूले स्वेदश तथा विदेशमा शिक्षा, स्वास्थ्य, खेलकुद, इन्जिनियरिङ, आई.टि लगायतका विविध क्षेत्रहरूमा पु¥याएको विशिष्ट योगदानकोमुक्तकण्ठले प्रशंसा गर्नुभयो । कार्यव्रmममा नेपाल सरकारका मुख्य सचिव श्री सुमन राज अर्याल, न्यूज २४ दैनिकका प्रधान सम्पादक श्री नवराज चालिसे, समाजसेवी श्री नेपालजित लामा, श्री सर्वजित लामा र श्री खड्गजित लामा एवम् त्रि.वि. केन्द्रीय पुस्तकालय प्रमुख श्री सागरराज सुवेदीलाई विशिष्ट व्यक्तित्व सम्मान साथै शिक्षक श्री हर्ष नारायण झा र कर्मचारी श्री मञ्जु अधिकारी ढकाललाई बिस वर्षे दीर्घसेवा सम्मानद्वारा अभिनन्दन गरियो । त्यसैगरी उक्त समारोहमा विद्यालयको प्रथम ब्याच (२०५१) एस.एल.सी ग्राजुएट्सहरू क्रमशः श्री प्रविण न्यौपाने, श्री विन्दिया मानन्धर, श्री मनिष खनाल, श्री सुलक्षण शर्मा, श्री सरोज सुवेदी, श्री गजेन्द्र कर्माचार्य र श्री मेनुका गुरुङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउनुभएको योगदानको उच्च कदर गर्दै अभिनन्दन गरियो ।अभिनन्दित व्यक्तित्व नेपाल सरकारका मुख्य सचिव श्री सुमनराज अर्यालले प्रतिष्ठानको स्थापना दिवसको उपलक्षमा शुभकामना व्यक्त गर्दै अरुणिमाले आफ्ना विद्यार्थीहरूलाई गुणस्तरीय तथा जीवनोपयोगी शिक्षा प्रदान गरिरहेकोमा खुलेर प्रशंसा गर्नुभयो । उहाँले कानुनको सीमाभित्र रहेर यस संस्थाको शैक्षिक उन्नयनका लागि आफूले सकेको सहयोग गर्न सधैँ तत्पर रहेको विचार व्यक्त गर्नुभयो । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सचिव पाराश्वर ढुंगानाले अरुणिमासँग सम्बन्धित अग्रजहरूसँगको साक्षात्कारबाट आफ्नो कार्यक्षेत्रको कार्यसम्पादनमा थप हौसला मिलेको विचार व्यक्त गर्दै पदका आधारमा नभई निष्कलङ्क, स्वच्छ, पवित्र आत्माले समाजका लागि योगदान दिने उपयुक्त व्यक्तिहरूलाई गरिएको सम्मान प्रशंसनीय रहेको कुरामा जोड दिनुभयो साथै प्रतिष्ठानको उज्ज्वल भविष्यको कामना गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. अभि सुवेदीले प्रतिष्ठान सञ्चालकको दूरदृष्टि, शिक्षासेवीहरूको साथ र सहयोगबाट विद्यालयले समयानुकुल शैक्षिक उन्नयनमा महत्त्वपूर्ण योगदान दिइरहेको कुरा उल्लेख गर्दै संस्थालाई बधाई दिनुभयो । अरुणिमा अलम्नाईका अध्यक्ष तथा अरुणिमा परोपकार प्रतिष्ठानका सचिव श्री जितेन्द्र श्रेष्ठले अरुणिमाका सम्पूर्ण ग्राजुएटस्का तर्फबाट अरुणिमासँगको पवित्र सम्बन्ध सदैव कायम राख्दै संस्थाको वृद्धि र विकासका निमित्त निरन्तर लागिरहेको र आगामी दिनमा पनि यस कार्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने विचार व्यक्त गर्नुभयो । कार्यव्रmमका अध्यक्षले सहिदहरूप्रति हार्दिक श्रद्धा व्यक्त गर्दै प्रतिष्ठानको वृद्धि र विकासमा प्रत्यक्ष तथा परोक्षरूपमा संलग्न विभिन्न व्यक्तित्वहरूको योगदानको चर्चा गर्दै प्रतिष्ठान गैर नाफामूलक रूपमा सञ्चालन भइरहेको र समय सापेक्ष योजना तर्जुमा गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा कुनै कसर बाँकी नराख्ने विचार व्यक्त गर्नुभयो साथै अभिनन्दित व्यक्तित्वहरूको विशिष्टताका बारेमा प्रकाश पार्दै बधाई तथा धन्यवाद ज्ञापनसहित कार्यव्रmमको समापन गर्नुभयो ।

प्रकाशित : १७ माघ २०८२, शनिबार, ,