उज्यालो नेपाल पाटी सिन्धुपाल्चोक क्षेत्र नं २ का प्रत्यक्ष तर्फका उमेदवार रामसिं तामाङले घर दैलो अभियान सुरु गर्नुभएको छ । जिल्लाको हेलम्बु क्षेत्रबाट उँहाले घर दैलो अभियान सुरु गर्नुभएको हो । उहाँले स्थानीयको समस्या सुन्दै पाटिका अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा भएका काम र अबको सरकारको नेतृत्व उज्यालो नेपाल पाटीको बनाउन भोट गर्न आग्रह गर्नुभयो ।उहाँले अबको एकमात्र बिकल्प उज्यालो नेपाल रहेको बताउदै सिन्धुपाल्चोक र देश बनाउन आफ्नो पाटिले मात्र सक्ने बताउनुभयो ।
सुशासन समृद्ध र सामाजिक न्यायको लागि र भावी पुस्ताहरूको भविष्यको लागि उज्यालो नेपाल पार्टी उज्यालो नेपाल बनाउन र उज्यालो सिन्धुपाल्चोक बनाउन अगाडि बढेको उहाँको भनाई छ ।
























प्रतिक्रिया