गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन तथा पुजा कार्यक्रम सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्य,उपप्रमुख उमा प्रधानको विशिष्ट आतिथ्य र वडा अध्यक्ष किरणदिप खड्काको विषेश आतिथ्यमा भवन उद्घाटन गरिएको हो । नगरपालिका बाट विनियोजन भएको ७९ लाख बजेटमा निर्मित भवनको उद्घाटन गर्दै नगर प्रमुख तामाङले छिटोभन्दा छिटो प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो ।
उहाँले केहि काम अझै बाकी रहेकाले तत्काल काम सकिएपछि मात्रै भुक्तानी गर्ने बताउनुभयो । यहाँको घेराबार,संरक्षणका लागी नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।
उपप्रमुख उमा प्रधानले यस्ता भवनले समुदायमा पर्ने हरेक काम गर्न सहज हुने बताउनुभयो । समुदाय संग समन्वय गर्दै विकास निर्माणको कामलाई निरन्तरता दिने बताउनुभयो । भवन बने संगै यसको संरक्षणको दायित्व समुदायको भएकाले केहि रकम अक्षयकोषको रुपमा राख्न समेत सुझाव दिनुभयो । गुफाडाँडा पर्यटकिय स्थल भएकाले यसलाई पर्यटनको हब बनाएर अगाडि जानेकाममा नगरपालिका लागिरहेको बताउनुभयो ।
गुफाडाँँडा द्वारेटोल सामुदायिक भवन संरक्षण समितिका अध्यक्ष निशान तामाङको अध्यक्षतामा भएको कार्यक्रममा वडा समाजसेवी बिनोद कार्की,वडा सदस्य पुर्णबहादुर तामाङ,समाजसेवी शेरपदोर्जे पाख्रीन लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन स्थानीय सचिन पाख्रीनले संचालन गर्नुभएको थियो ।























प्रतिक्रिया