सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतना अभिवृद्धिका निम्ति सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुका लागी मेलम्ची नगरपालिका संगको सहकार्यमा आयोजित ट्राफिक शिक्षक कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ ।
कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले ट्राफिक नियमको पालना गर्दा दुर्घटना न्यूनीकरण हुने बताउनुभयो । उहाँले हेलेमेट नलगाउने,लापरबाही गर्ने ट्राफिक नियमको उल्लंघन गर्ने हरुलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले हाम्रो नागरिकको ज्यान सुरक्षीत राख्नु आफ्नो प्रहिलो दायित्व भएको बताउनुभयो । उहाँले गम्भीर प्रकृतिको दुर्घटना बाट जोगाउन विद्यालय,शिक्षक र अभिभावक सम्म पुर्याउन र व्यबहारमा लागु गर्न यस्ता कार्यक्रम संचालन गरिएको बताउनुभयो । शिक्षक समाजको अग्रणी ब्यक्ति भएकाले शिक्षकको दायित्व धेरै हुने बताउनुभयो । कानुनी कारबाही गर्ने रहर नभएर बाध्यता हुने उहाँले प्रष्ट पार्नुभयो ।
मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले ट्राफिक नियमको बारेमा आयोजित यस्ता कार्यक्रमले दुर्घटनाका न्यूनीकरण गर्न महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । हेलमेट अनिवार्य लगाउन र लगाउन सिकाउन समेत उहाँले शिक्षकहरुलाई आग्रह गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक काजीकुमार आचार्यले कार्यक्रमको उदेश्य बारे प्रष्ट पार्दै विद्यालय स्तरमा ट्राफिक नियम सम्बन्धी जानकारी प्रदान गरेर दुर्घटना न्यूनीकरण गर्नु उदेश्य रहेको बताउनुभयो । जिम्मेवार,अनुसाशित चालक बनाउने उदेश्यले कार्यक्रम संचालन गरिएको उहाँले बताउनुभयो । शिक्षक बाट विद्यार्थी,विद्यार्थी बाट अभिभावक सम्म यसबारे जानकारी दिदै सवारी दुर्घटनालाई शुन्यमा झर्ने लक्ष्य लिइएको बताउनुभयो ।
कार्यक्रममा ट्राफिक नियम,दुर्घटना बाट हुने क्षति,कानुनी चरण लगायतका बिषयमा जानकारी गराइएको थियो । उपअनुसन्धान निर्देशक सुवास कार्की,मेलम्ची स्थित ट्राफिक सशस्त्र प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राम थापा,जिल्ला ट्राफिक कार्यालयका वरिष्ठ नायब निरीक्षक बिष्णु थापा लगायतको उपस्थिति रहेको थियो ।
























प्रतिक्रिया