काठमाण्डाै – हिजो उच्च अङ्कले बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ४३ अङ्कले घटेर २ हजार ७ सय ५ दशमलव ३८ विन्दुमा झरेको छ ।
आज अन्यबाहेक सबै समूहको शेयर घटेकोमा होटल समूहको शेयर सबैभन्दा धेरै १ दशमलव ८८ प्रतिशतले ओरालो लागेको छ । आज १ सय ७४ वटा कम्पनीको शेयर घटेकोमा ८२ वटाको बढेको छ । यस्तै ३ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।
आज गुराँस लघुवित्त कम्पनीको शेयर ५ दशमलव ८९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन कालिका पावर कम्पनीको शेयर भने सबैभन्दा धेरै ९ दशमलव ८४ प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ११ अर्ब ८५ करोडको कारोबार भएकोमा आज ३ सय २४ वटा कम्पनीका २ करोड १६ लाख कित्ता शेयर ८ अर्ब ९२ करोड रुपैयाँमा किनबेच भएको छ ।
























प्रतिक्रिया